+
+

‘मेरो भ्वाइस कप-२’ र ‘मेरो भ्वाइस कप यूएसए’का प्रतिस्पर्धी नेपालमा

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २४ गते १९:२०

काठमाडौं । दुई टिभी रियालिटी सो ‘मेरो भ्वाइस कप यूएसए’ र ‘मेरो डान्स कप यूएसए–सिजन २’ को  उत्कृष्ट १२ मा पर्न सफल प्रतिस्पर्धी नेपाल आइपुगेका छन् ।

त्रिभुवन विमानस्थलमा उत्रिएका ४२ जनालाई ठमेलस्थित होटलसम्म पञ्चेबाजा र्‍यालीसहित पुर्‍याइएको थियो ।

लगत्तै आयोजित पत्रकार सम्मेलनमा ती दुई रियालिटी शोको बिषयमा जानकारी दिइयो । ग्यालेक्सी फोर के टेलिभिजनबाट शुक्रबार र शनिबार प्रशारण भैरहेको शोको बाँकी १० भागको छायांकन नेपालमै हुने भएको छ ।  फिनाली भने अमेरिकामा हुनेछ ।

अमेरिका र क्यानडामा रहेका नेपालभाषीले भाग लिएको प्रतिस्पर्धा अन्तर्गत ‘मेरो भ्वाइस कप-२’को उत्कृष्ट १२ मा शीतल शर्मा, मुना लकान्ड्री, बाबु खालिङ, करण तामाङ, प्रेम आङदेम्बे, मेघा पौडेल, अजित सुब्बा, सम्राट गुरुङ, सागर सुवेदी र लीला गजमेर, संगीता बोगटी छन् ।

यस्तै, ‘मेरो डान्स कप’को उत्कृष्ट १२ मा सुमन लामिछाने, सिवानी ढकाल, विशाल उप्रेती, रेजिना सुब्बा, रेनुका राई, सब्य बिष्ट, सुमिका तामाङ, आयुषा समाल लगायत छन् ।

दुबै कार्यक्रमको निर्देशक एलिन श्रेष्ठ हुन् । संस्थाका अध्यक्ष डिल्ली अधिकारीको परिकल्पनामा तयार भएको दुबै रियालिटी शोले अमेरिका र क्यानडामा रहेका नेपाली भाषी प्रतिभालाई विश्वमाझ चिनाउन मद्दत गरेको कार्यक्रम संयोजक इन्द्र बानियाँले बताए ।

‘मेरो भ्वाइस कप यूएसए’को निर्णायकमा दिपकजंगम, सुरेश अधिकारी, शिव परियार, पुष्पन प्रधान, सुजाता वर्मा र अर्जुन रसाइली छन् । यस्तै, ‘मेरो डान्स कप, यूएसए’को निर्णायकमा मिथिला शर्मा, दिलिप रायमाझी, केकी अधिकारी, शंकर वीसी, संचिता लुइटेल र नरमान राई छन् । दुबै कार्यक्रमको संचालन नायिका रीमा विश्वकर्मा र राजेश घतानीले गर्नेछन् ।

फाउन्डेशनका नेपाल च्याप्टर अध्यक्ष दिलिप रायमाझीले अमेरिकाबाट आएका प्रतिस्पर्धीहरुलाई स्वागत गरेका थिए । सबै प्रतिस्पर्धीहरुले नेपाल आउन पाउँदा अत्यन्तै उत्साहित भएको बताए ।

उनीहरुले जुनसुकै देशमा रहेपनि नेपाल र नेपाली भाषालाई मनमा बोकेर हिडेको सुनाएका थिए । कार्यक्रममा भ्वाइस अफ नेपाल ३ का विजेता किरण गजमेरले प्रतिस्पर्धीहरुलाई नेपाल र नेपाली भाषालाई सधै माया गरिराख्न आग्रह गरेका थिए ।

इन्ट्रा नेशनल वेल फेयर एण्ड सपोर्ट फाउन्डेशन अफ अमेरिका (इन्ट्रा फाउन्डेशन)ले रियालिटी सो आयोजना गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?