+
+

सडक विभागको महानिर्देशकमा पुनः थापा नियुक्त

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २५ गते १२:१९

२५ जेठ, काठमाडौं । सडक विभागको महानिर्देशकमा पुनः अर्जुनजंग थापा नियुक्त भएका छन् । यसअघिका महानिर्देशक शिवहरि सापकोटाले १७ वैशाखमा अवकास पाएसँगै थापा पुनः महानिर्देशक नियुक्त भएका हुन् ।

विभागका योजना महाशाखा प्रमुख तथा निमित्त महानिर्देशक शिव नेपाल र एडीबी निर्देशनालय प्रमुख अर्जुनबाबु ढकाल पनि महानिर्देशकको दावेदार थिए ।

गत पुसमा महानिर्देशक रहेका थापालाई मन्त्रालयमा सरुवा गर्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले सापकोटालाई महानिर्देशक बनाएकी थिइन् ।

सापकोटाले अवकास पाएपछि पुनः थापाले महानिर्देशक बन्ने अवसर पाएका हुन् । विभागको रोलक्रमअनुसार नेपाल अघि भएपनि थापा सडक विभागमा दोस्रो कार्यकाल महानिर्देशक बनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?