+

म्युनिखका स्ट्राइकर लिवान्डोस्कीले क्लब छाड्ने, क्लबसँग मनमुटाव नभएको दाबी

२०७९ जेठ  २५ गते १२:४२ २०७९ जेठ २५ गते १२:४२
म्युनिखका स्ट्राइकर लिवान्डोस्कीले क्लब छाड्ने, क्लबसँग मनमुटाव नभएको दाबी

२५ जेठ, काठमाडौं । वायर्न म्युनिखका स्ट्राइकर रोबर्ट लिवान्डोस्कीले क्लब छोड्ने कुरा पुनः दोहो¥याएका छन् । उनले आगामी सिजनका लागि वायर्नसँगको यात्रा टुङ्ग्याउँदै नयाँ क्लबमा आबद्ध हुने इच्छा जाहेर गरेका हुन् ।

उनले भनेका छन्, ‘वायर्नले मलाई खर्च गर्ने पैसा अन्य राम्रो खेलाडीको लागि खर्च गर्न सक्छ । म कुनै पनि कुराको लागि जबरजस्ती गर्न चाहन्न, दुवै पक्षको लागि राम्रो अवसरको खोजी गर्न चाहन्छु ।’

वायर्न विश्वकै एक उत्कृष्ट क्लब भएको भन्दै उनले क्लबसँग आफ्नो कुनै मनमुटाव नभएको पनि बताएका छन् । ‘हामीबीच वैमनश्यता छैन । म क्लबको लागि राम्रो होस् भन्ने चाहन्छु,’ उनले भनेका छन् ।

आठ वर्षयता वार्यनमा आबद्ध भएको समयमा उनले क्लबका लागि गरेको योगदानका आधारमा स्वार्थी भएको भन्न नमिल्ने उनले बताए । ‘होइन, यसलाई स्वार्थी भएको भन्न मिल्दैन । वायर्नमा मेरो लागि भएको सेवा सुविधाहरुलाई लिएर म सधैं क्लबप्रति कृतज्ञ रहनेछु ।’

उनले समर्थकको माया र साथका लागि आभार व्यक्त गरेका छन् । ‘मैले वायर्नमा रहँदा क्लब र समर्थकलाई निराश पार्ने गरी काम गरिनँ जस्तो लाग्छ, त्यसैले मेरो यो निर्णयमा मेरो साथ दिनुहुनेछ भन्ने आश गर्छु,’ उनले भने ।

वायर्न म्युनिख
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय