+
+

मेयरको कार्यकक्षमा राष्ट्रपति र प्रधानमन्त्रीसँगै ओलीको तस्वीर

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २५ गते १७:२४

२५ जेठ, काठमाडौं । तनहुँको भिमाद नगरपालिकाका मेयर दधिराम सुवेदीको कार्यकक्षमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको तस्वीर राखेको पाइएको छ ।

सुवेदीको कार्यकक्षमा मेयर बस्ने कुर्सी पछाडि राष्ट्रपति विद्यादेवी भण्डारी, त्यसमुनि पूर्व प्रधानमन्त्रीसमेत रहेका ओली र त्यसपछि प्रधानमन्त्री शेरबहादुर देउवाको तस्वीर राखिएको छ । सरकारी कार्यालयमा राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीको तस्वीर राख्ने प्रचलन छ । तर पूर्वप्रधानमन्त्री वा पार्टीका अध्यक्षहरुको तस्वीर राख्ने गरिदैन ।

मेयर सुवेदीले भने आफ्नो रुची र इच्छामा ओलीको तस्वीर नराखेको बताएका छन् । ‘तपाईँले भनेपछि मैले अहिले फर्केर हेरेँ, म मेरै कार्यकक्षमा छु, यहाँ राष्ट्रपति, प्रधानमन्त्रीसँगै पूर्व प्रधानमन्त्रीको तस्वीर पनि बीचमा राखिएको रहेछ,’ सुवेदीले टेलिफोनमा भने, ‘म आउनुअघि नै यसरी राखिएको हो, मैले भर्खर देखेँ, यो मेरो चाहना अनुसार राखिएको होइन ।’

उनले पूर्व प्रधानमन्त्रीको तस्वीर पनि राख्ने प्रचलन अनुसार राखेको होला भन्ने आफूलाई लागेको पनि बताए ।

३० वैशाखमा स्थानीय चुनाव हुनुअघि भिमादको मेयरमा एमालेका मेखबहादुर थापा थिए । उपमेयरमा पनि एमालेकै शारदा खनाल थिइन् । तर यसपटक खनाल दोहोरिन् भने सुवेदी पहिलो पटक मेयरमा निर्वाचित भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?