२७ जेठ, काठमाडौं । गेनारो गटुसो ला लिगा क्लब भ्यालेन्सियाको प्रशिक्षक नियुक्त भएका छन् । भ्यालेन्सियाले बिहीबार गटुसोलाई दुई वर्षको लागि सम्झौता गरेको हो ।
सन् २०१ मे मा इटालियन क्लब नापोली छाडेपछि गटुसो कामविहीन थिए । नापोलीमा रहँदा उनले कोपा इटालियाको उपाधि जितेका थिए ।
गत समरमा इटलीकै अर्को क्लब फियोरेन्टिनाले इटलीका पूर्व मिडफिल्डर गटुसोलाई प्रशिक्षक नियुक्त गरेपनि आधिकारिक रुपमा काम सुरु हुनुअघि नै क्लब छाडेका थिए ।
एसी मिलानमा खेलाडीको रुपमा १३ वर्ष बिताएका गटुसोले अब भ्यालेन्सियामा जोस बोर्डालासको स्थान लिनेछन् । बोर्डालास गत शुक्रबार बर्खास्तीमा परेका थिए ।
६ पटकको ला लिगा विजेता भ्यालेन्सिया गत सिजन लिगमा नवौँ भएको थियो ।
प्रतिक्रिया 4