
२६ जेठ, धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले अगामी आर्थिक वर्षका लागि ल्याएको नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित भएको छ ।
२२ जेठमा प्रदेश सभामा प्रदेश प्रमुख देवराज जोशीले प्रस्तुत गरेको नीति तथा कार्यक्रम बिहीबार सर्वसम्मतिले पारित भएको हो ।
नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै प्रदेश सभा सदस्यहरुले नीति तथा कार्यक्रममा भएका बुँदाहरु बजेटमा समावेश हुनुपर्ने सुझाव दिएका थिए ।
विपक्षी दलका सांसदले प्राथमिकता एकातिर हुने र नीति तथा कार्यक्रम र बजेट अर्कै हुने गरेको गुनासो गरेका थिए । तर पारित गर्ने क्रममा भने प्रतिपक्षी दलका सांसद मौन बसे भने सत्ता पक्षका सांसदले समर्थन जनाएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4