
२७ जेठ, काठमाडौं। शिक्षक सेवा आयोग बढुवा सिफारिस समितिको सचिवालय शिक्षा विकास निर्देशनालय, धनकुटाले कार्यसम्पादन मूल्यांकनका आधारमा शिक्षक बढुवाका लागि सिफारिस गरेको छ ।
निर्देशनालयले शिक्षक सेवा आयोग नियमावली २०५७ (सशोधन सहित) बमोजिम सबैभन्दा बढी अङ्क प्राप्त गर्ने शिक्षकलाई बढुवाको लागि सिफारिस गरेको जनाएको छ । प्रदेश एकका विभिन्न जिल्ला, तह, श्रेणी र विज्ञापन अनुसारका उम्मेदवारहरूको बढुवा नामावली प्रकाशित गरेको छ ।
बढ्वा सिफारिस समितिले गरेको बढुवा उपर चित्त नबुझेमा ३५ दिनभित्र निर्देशनालयले तोकेको राजस्व खातामा जम्मा गरी निर्देशनालयमा आवेदन दिनसमेत निर्देशनालयले सूचित गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4