
काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले काठमाडौंको लाजिम्पाटमा अत्यधुनिक नयाँ कर्पोरेट कार्यालय भवन बनाउने भएको छ ।
लाजिम्पाटस्थित उत्तरढोकामा रहेको आफ्नै जमिनमा बैंकले कर्पोरेट भवन बनाउने भएको हो ।
बैंकले नयाँ कर्पोरेट कार्यालय भवनको आर्किटेक्चुएल, मेकानिकल, विद्युतीय इन्जिनियरिङ लगायत दीगो डिजाइजका लागि डिल्लीबजारस्थित आर्किप्लान एसबीटी प्रालिसँग सम्झौता गरेको छ ।
सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र आर्किप्लान एसबीटी प्रालिका प्रमुख आर्किटेक्ट संजयबहादुर थापाले हस्ताक्षर गरेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4