
२८ जेठ, दाङ । काठमाडौंको लैनचौरमा एक व्यापारीबाट ३५ लाख रुपैयाँ लुटपाट गरेको आरोपमा प्रहरीले दाङबाट एक जनालाई पक्राउ गरेको छ ।
घोराही उपमहानगरपालिका-१० नारायणपुरका सुदन नेपालीलाई दाङको भालुबाङबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । उनीसहित ३ जनाले जेठ ८ गते लैनचौरको एक व्यापारीसँग ३५ लाख रुपैयाँ लुटपाट गरेको खुलेको प्रहरीको भनाइ छ ।
इलाका प्रहरी कार्यालय भालुवाङले शुक्रबार साँझ भालुवाङमा आफ्नो ससुरालीमा लुकेर बसेको अवस्थामा नेपालीलाई पक्राउ गरेको हो । उनीमाथि थप अनुसन्धान भइरहेको एसपी सुरेश काफ्लेले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4