+

खप्तड शैलेश्वरी म्याराथनमा शाही प्रथम

२०७९ जेठ  २८ गते २०:१५ २०७९ जेठ २८ गते २०:१५
खप्तड शैलेश्वरी म्याराथनमा शाही प्रथम

२८ जेठ, डोटी । शनिबार सम्पन्न खप्तड—शैलेश्वरी म्याराथन प्रतियोगितामा नेपाली सेनाको भवानी बक्स गण, अछाममा अमलदार सुशीलकुमार शाही प्रथम भएका छन् ।

प्रसिद्ध धार्मिक एवं पर्यटकीय क्षेत्र खप्तडमा लाग्ने गंगा दशहारा महोत्सवको अवसरमा आयोजना गरिएको ‘सुन्दर सुदूरपश्चिम खप्तड–शैलेश्वरी म्याराथन २०७९’ प्रतियोगिता खप्तडको त्रिवेणी धामदेखि डोटीको शैलेश्वरीसम्म ३२ किलोमिटरको दुरी शाहीले दुई घण्टा १८ मिनेट ३१ सेकेन्डमा पार गरेका छन् ।

नेपाली सेना, खप्तड क्षेत्र पर्यटन विकास समिति र डोटी उद्योग बाणिज्य संघको आयोजना भएको प्रतियोगितामा सेनाकै रणबम गण डडेल्धुराका सिपाही नरेशसिं बोहराले दुई घण्टा ३० मिनेट ५७ सेकेण्डमा पार गरि दोश्रो भएका छन् ।

रणबम गणकै सिपाही राम सिंह पालले दुई घण्टा ३२ मिनेट ४३ सेकेन्डमा उक्त दुरी पुरा गरि तेस्रो भएको नेपाली सेना भैरवप्रसाद गण सिलगढीका गणपति प्रमुख सेनानी जनमत कार्कीले जानकारी दिए ।

प्रतियोगितामा अछाम, मेल्लेख गाउँपालिकाका सागर धामी, बाजुराको त्रिवेणी नगरपालिकाका तुलाराम सार्की, सेनाको भवानी गण बक्स अछामका सिपाही मोती विक, गुरु गोरखा गुल्म दार्चुलाका सिपाही दीपेन्द्र महत र सिंह शार्दूल गुल्म खप्तडका सिपाही लोकबहादुर बुढाले सान्त्वना पुरस्कार प्राप्त गर्ने भएका छन् ।

प्रतियोगितामा जनाको सहभागिता रहेको प्रमुख सेनानी कार्कीले वताए । प्रथमलाई एक लाख रुपैयाँ पुरस्कार प्रदान गरिएको छ । यस्तै, द्धितीय र तृतीय हुनेहरूलाई क्रमशः ७५ हजार र ५० हजार पुरस्कार प्रदान गरिएको छ ।

अन्य पाँच जनालाई १० हजारका दरले सान्त्वना पुरस्कार दिइएको छ भने प्रतियोतिगामा भाग लिने अन्य धावकहरुलाई जनही तीन हजार रुपैयाँ प्रदान गरिएको छ । म्याराथन प्रतियोगितामा सहभागि धावकहरुलाई नेपाली सेना पश्चिम कमाण्डका सेनापति उपरथी प्रेम शाहीले पुरस्कार वितरण गरेका थिए । म्याराथनमा ४२ जना प्रतियोगी धावक र अन्य ४० जना धावकहरू (रन फर फन) गरेर ८२ जना सहभागी रहेको थियो ।

म्याराथनसँगै खप्तडमा भलिबल तथा देउडा प्रतियोगिता र योग शिविरको समेत आयोजना गरिएको थियो । सुदूरपश्चिममा यति लामो दुरीको प्रतियोगिता भएको पहिलो पटक हो । यसले खप्तड पर्यटन क्षेत्रको प्रचार प्रसारमा सहयोग पुग्ने विश्वास आयोजकहरुको छ ।

म्याराथन
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय