
काठमाडौं । नेपाल बैंक लिमिटेडले आगामी आर्थिक बर्ष २०७९/८० को बैंकको बजेट तथा कार्यक्रम तय गर्नका लागि प्रदेश स्तरीय बजेट गोष्ठी आयोजना गर्दै आइरहेको छ । यसैक्रममा बैंकले मधेश प्रदेश स्तरीय बजेट गोष्ठी तथा तालिम कार्यक्रम सम्पन्न गरेको छ ।
गोष्ठी २४ जेठदेखि २६ जेठसम्म धनकुटाको भेडेटारमा आयोजना गरिएको थियो । गोष्ठीमा सहभागी शाखा प्रबन्धकहरुलाई सफ्ट स्किल डेभलेपमेन्ट सम्बन्धी तालिम समेत प्रदान गरिएको थियो । गोष्ठीमा सहभागी शाखा प्रबन्धकहरुबाट प्राप्त सल्लाह एवं सुझावलाई समेटेर बजेट निर्माण गर्दा त्यसको प्रभावकारीता बढी हुने विश्वास बैंकले लिएको छ ।
कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले बैंकलाई सबल र प्रतिस्पर्धी बैंकको रुपमा अगाडि बढाउन हालको जनशक्तिको महत्वपूर्ण भूमिका रहेको बताए ।
कार्यक्रममा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत लक्ष्मण पौडेल, योजना तथा बजेट बिभागकी मुख्य प्रबन्धक प्रतिभा डंगोल, मधेस प्रदेश प्रमुख शिवराम मीश्र, तालिम तथा बिकास डिभिजन प्रमुख प्रसाद सिवाकोटी, कृषि कर्जा डिभिजन प्रमुख बालकृष्ण चौलागाईं लगायतको सहभागिता रहेको थियो ।
गोष्ठीमा नेपाल बैंक व्यवस्थापन, मधेश प्रदेश प्रादेशिक कार्यालय र सो अन्तर्गतका सम्पूर्ण शाखाका शाखा प्रबन्धक र कर्मचारी संगठनका प्रतिनिधि गरी ४५ जनाको सहभागिता रहेको थियो ।
प्रतिक्रिया 4