+
+

इन्फोडेभलपर्सको १ वर्षे भिजन सार्वजनिक

पूर्ण डिजिटाइजदेखि १ अर्ब रूपैयाँको कम्पनी बनाउने लक्ष्य

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २९ गते १२:५०

काठमाडौं । नेपालको अग्रणी सूचना प्रविधि कम्पनी इन्फोडेभलपर्सले आगामी आर्थिक वर्ष २०७९/८० को भिजन सार्वजनिक गरेको छ ।

बूढानीलकण्ठमा शनिबार आयोजित रणनीतिक योजना बैठकमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) उमेश रघुवंशीले भिजन सार्वजनिक गर्दै अबको एक वर्षमा १ अर्ब रूपैयाँको कम्पनी बनाउने लक्ष्य लिएको बताए । उनले संस्थागत सुशासनका लागि कम्पनीलाई पूर्ण डिजिटाइज गर्ने बताए । अहिले कम्पनीको वार्षिक टर्नओभर ५० करोड रूपैयाँ भन्दा माथि रहेको उनको भनाइ छ ।

‘आउने आर्थिक वर्षमा हामी अनुसन्धान र विकासमा थप जोड दिनेछौं । नयाँ नयाँ प्रविधिमा लगानी गर्नेर्छौं,’ उनले भने, ‘कर्मचारी वृद्धिमा पनि ध्यान दिनेछौं ।’ इनहाउस प्रडक्ट र आइडियालाई पनि मोनिटाइज गर्ने उनले बताए । चालु आर्थिक वर्षमा लिएका धेरै लक्ष्यहरू पूरा भएको र केही बाँकी रहेको रघुवंशीको भनाइ छ । कमर्चारीलाई बिजनेस आइडिया लिएर आए पार्टनर बनाएरसँगै काम गर्ने पनि उनले बताए ।

कम्पनीका प्रमुख सञ्चालन अधिकृत डा. राजिव सुब्बाले कम्पनीको भिजन पूरा गर्नलाई रणनीतिक योजना बनाउन कार्यक्रम आयोजना गरिएको बताए ।

बैठकमा विभिन्न व्यवस्थापकीय तथा प्रविधि विभागहरुका प्रमुखहरुले चालु आर्थिक वर्षको समीक्षा, उपलब्धि र चुनौतीहरुको मूल्यांकन एवं आगामी आर्थिक वर्षमा के-के नयाँ कार्यहरु गर्न सकिन्छ भनेर आफ्नो प्रस्तुतीकरण दिएका थिए । कार्यक्रमको दोस्रो सत्रमा सीईओको भिजनमाथि समूह गत छलफल भएको थियो ।

उक्त छलफल कार्यक्रममा इन्फोडेभलपर्सका उच्च तहका नेतृत्वहरु समेत गरी ४५ जना कर्मचारीहरुको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?