
२९ जेठ, तनहुँ । पृथ्वी राजमार्गको मुग्लिन आँबुखैरेनी सडक खण्ड पूर्ण रुपमा खुलेको छ ।
२७ जेठको बिहान साँखरमा पहिरोले सडक भत्काएपछि त्यो सडक अवरुद्ध भएको थियो । २७ गते दिउँसो भित्तो खारेर सडक बनाएपछि दिउँसोको समयमा साना गाडी चल्दै आए पनि रातिको समयमा सडक पूर्ण रुपमा बन्द थियो ।
यस्तै मालबाहक तथा ठूला सवारी साधान २७ गतेदेखि नै बन्द थिए । तर अब सबै प्रकारका गाडी जतिखेर पनि चल्न पाउने तनहुँका निमित्त प्रमुख जिल्ला अधिकारी काशीराम गैरेले जानकारी दिए ।
मुग्लिन आँबुखैरेनी सडक खुल्ला भए पनि याम्फा फाँट–घाँसीकुवा खण्डमा भने राति ११ बजेदेखि बिहान ४ बजेसम्म यातायात आवागमन बन्द गरिएको छ । यो सडक मर्मतका लागि भन्दै यसअघि नै रातिको समयमा बन्द गर्ने गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4