+

पोचेटिनोले पीएसजी छाड्ने

२०७९ जेठ  ३० गते १२:५३ २०७९ जेठ ३० गते १२:५३
पोचेटिनोले पीएसजी छाड्ने

३० जेठ, काठमाडौं । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का प्रशिक्षक माउरिसियो पोचेटिनोले पेरिस क्लब छाड्ने भएका छन् ।

गत साता दुवै पक्षबीच भएको छलफलपछि पोचेटिनोले क्लब छाड्ने तय भएको बीबीसीले जनाएको छ । यसको अर्थ ५० वर्षी अर्जेन्टाइन पोचेटिनो सम्झौताको अन्तिम वर्ष पीएसजीमा नहुने भएका छन् ।

पीएसजीसँग उनको सझौता सन् २०२३ को जुन ३० सम्म छ ।

क्लबले भने अहिलेसम्म पोचेटिनोले क्लब छाड्नेबारे आधिकारिक धारणा सार्वजनिक गरेको छैन ।

प्रशिक्षक थोमस टुचेललाई बर्खास्त गरेपछि पीएसजीले सन् २०२१ को सुरुमा पोचेटिनोलाई नियुक्त गरेको थियो ।

तर च्याम्पियन्स लिग जिताउन असफल भएपरुछि पछिल्लो समय क्लब पोचेटिनोसँग सन्तुष्ट नरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ ।

फ्रेन्च लिग वानको उपाधि जितेपनि पीएसजी च्याम्पियन्स लिगको अन्तिम १६ मा रियल मड्रिडसँग पराजित हुँदै बाहिरिएको थियो ।

पीएसजीले पोचेटिनोको विलक्प समेत खोज्न थालिसकेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाधयमले भने फ्रान्सका लेजेण्ड खेलाडी तथा रियल मड्रिडका पूर्व प्रशिक्षक जिनेदिन जिदान अब पीएसजीको नयाँ प्रशिक्षक बन्ने दाबी गरिसकेका छन् ।

यस्तै नाइसमा प्रशिक्षक क्रिस्टोफ गाल्टिएर र रोमाका प्रशिक्षक जोस माउरिन्हो पनि पोचेटिनोलाई प्रतिस्पर्धा गर्ने सक्ने सम्भावित सुचीमा छन् ।

 

माउरिसिओ पोचेटिनो
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय