
काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्सले बागमती प्रदेश स्तरीय बिज्नेस बिल्डिङ सेमिनार आयोजना गरेको छ ।
सेमिनारको उद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवनकुमार खड्काले गरेका थिए । सो क्रममा खड्काले कुनै पनि व्यावसायमा सफल हुन महत्वपूर्ण तीन मन्त्र निरन्तरता, धैर्यता र लगनशीलता आवश्यक रहेको बताए ।
कार्यक्रममा कम्पनीका बागमती प्रदेश प्रमुख सुशील चापागाईं र बरिष्ठ सहायक महाप्रबन्धक नरोत्तम ढकालले बीमा बजारको हालको अवस्था, चुनौती र समाधानका साथै मार्केटिङका बारेमा सहभागीहरुलाई जानकारी गराएका थिए ।
कार्यक्रममा सहभागी अभिकर्ताहरुले सेमिनारबाट आफूहरुले आगामी दिनमा व्यवसाय वृद्धिका लागि थप उर्जा र उत्साह मिलेको बताएका थिए । कार्यक्रममा करिब ३०० भन्दा बढी आभिकर्ताहरुको सहभागिता रहेको थियो ।
२५ जना अभिकर्ता सम्मानित
कार्यक्रममा २०२३ को एमडीआरटीहरुलाई सम्मान गर्दै, चौथो त्रैमासिकको हालसम्म बागमती प्रदेश अन्तर्गत आफनो व्यक्तिगत कोडमा अधिकतम बिमाशुल्क हसिल गर्न सफल २५ जना अभिकर्ताहरुलाई सम्मान गरिएको थियो ।
देशैभरबाट वैशाख महिनाको स्किममा पर्न सफल अभिकर्ताहरुबाट लक्की ड्र गरी ३ जना भाग्यशाली विजेताहरुको घोषणा गरिएको थियो ।
लक्की ड्रमा भैरहवा शाखाबाट शोभा जीसीले प्रथम पुरस्कार ल्यापटप, दमक शाखाबाट नितु गौतमले द्वितीय पुरस्कार ट्याब्लेट, वालिङ शाखाबाट रंन्जिता बुढाथोकीले तृतिय पुरस्कार मोबाइल जित्न सफल भएका थिए ।
जीवन बीमा क्षेत्रमा अभिकर्ता पेशालाई थप प्रभावकारी, व्यावसायिक र मर्यादित बनाउने अभियान स्वरुप सूर्या लाइफले “मेरो पहिलो पोलिसी” अभियान सुरु गरेको छ । जस अन्तर्गत, अभिकर्ताले हासिल गरेको आफ्नो पहिलो पोलिसी यादगार रहोस भन्ने कामना सहित नयाँ अभिकर्ताहरुलाई सम्मान गरिएको थियो ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत खड्काले विजेताहरुलाई प्रमाण पत्र, मायाको चीनो र पुरस्कार प्रदान गरेका थिए ।
प्रतिक्रिया 4