
काठमाडौं । नेपालमा कोका–कोलाले आफ्नो ग्लोबल क्याम्पेन ‘अपलिफ्ट’ को दोस्रो संस्करण सुरु गरेको छ । यो वर्ष क्याम्पेनको ट्यागलाइन ‘कोक उठाउँ, आफूलाई जगाउँ’ रहेको छ । जुन ट्यागलाइनले कोक पिउनुहोस् र आफूलाई रिफ्रेस गराउनुहोस् भन्ने सन्देश दिने कम्पनीको भनाइ छ ।
कम्पनीका अनुसार क्याम्पेनको उदेश्य उपभोक्तालाई दिउँसोको अल्छि लाग्दो समयलाई एक बोतल चिसो कोकको साथमा रमाइलो र रिफ्रेशिङ बनाउन सकिन्छ भन्ने सन्देश दिनु रहेको छ ।
क्याम्पेनको बारेमा बोल्दै कोका–कोला नेपालका कन्ट्री डाइरेक्टर आदर्श अवस्थीले क्याम्पेन मार्फत उपभोक्ताहरूलाई जहाँ भए पनि र जस्तोसुकै समयमा पनि कोका–कोलाको साथले अपलिफ्ट गराउन सक्छ भन्ने सन्देश दिन चाहेको बताए ।
बोटलर्स नेपालका प्रबन्ध निर्देशक प्रदीप पाण्डेले एक बोतल चिसो कोकले नै कति अपलिफ्ट गराउन सक्छ भन्ने सन्देश यो क्याम्पेनले दिन खोजेको बताए ।
कम्पनीका अनुसार कोका–कोलाले यो क्याम्पेनभरि कोक पारखीहरुका लागि थुप्रै सरप्राइजहरु तयार पारेको छ ।
प्रतिक्रिया 4