
काठमाडौं । सनराइज बैंकले काठमाडौंको ओमबहालमा निःशुल्क महिला स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।
शिविरमा करिब ६३ जना महिलाहरुको स्तन परीक्षण गरी उनीहरुलाई स्तन क्यान्सरबारे सचेतना दिने काम गरेको सनराइज बैंकले जनाएको छ ।
स्वास्थ्य शिविरमा आएका स्थानीयहरुको निःशुल्क रक्तचाप, मधुमेह परीक्षण समेत गरिएको बैंकले जनाएको छ ।
नारीहरुलाई बचत गर्न उत्प्रेरणा र उनीहरुको स्वास्थ्य सुरक्षामा साथ दिने उद्देश्य अनुरुप नारी बचत खाता अन्तर्गत ५ लाखसम्मको घातक रोग खर्च दिइरहेको बैंकको भनाइ छ । महिलाहरुमा हुन सक्ने पाठेघर क्यान्सर, स्तन क्यान्सर, मुटु रोगसहितका १८ घातक रोगहरु यस योजनामा समेटिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4