
काठमाडौं । कुमारी बैंक लिमिटेडका ग्राहकले बुटवलस्थित ड्रिमल्याण्ड गोल्ड रिसोर्ट एण्ड होटलको सेवामा विशेष छुट पाउने भएका छन् ।
बैंक र रिसोर्टबीच सम्झौता पत्रमा हस्ताक्षर भएसँगै कुमारी बैंकका ग्राहकलाई रिसोर्ट एण्ड होटेलले प्रदान गर्ने सेवाहरुमा विशेष छुट पाउने भएका हुन् ।
सम्झौता पत्रमा कुमारी बैंकका मार्केटिङ प्रमुख नवीनमुनि बज्राचार्य र रिसोर्टका महाप्रबन्धक लक्ष्मण खड्काले हस्ताक्षर गरे ।
सम्झौता अनुसार रिसोर्टमा सेवा लिए बापत बैंकको डेबिट/क्रेडिट कार्डमार्फत रकम भुक्तानी गर्न ग्राहकले होटल बसाइमा रुम शुल्कमा ३० प्रतिशत र खानपानमा १० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4