
काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले नयाँ वर्ष २०७९ को अवसरमा सञ्चालन गरेको बम्पर योजनाको विजेता घोषणा गरेको छ ।
विजेता घोषणा अनुसार उर्लाबारीकी तुलसादेवी अधिकारीले १० लाख रुपैयाँ नगद पुरस्कार जित्न सफल भएको कम्पनीले जनाएको छ । उनले उर्लाबारीस्थित गणेश ट्रेडलिंकबाट बजाजको मोटरसाइकल खरिद गरेकी थिइन् ।
नयाँ वर्षको अवसरमा कम्पनीले ग्राहकका लागि “बजाज पाँचको पञ्च” नामक बम्पर योजना सञ्चालन गरेको थियो । यस योजना अन्तर्गत बजाजको मोटरसाइकल खरिद गर्दा एकै जनाले पाँच पटकसम्म पुरस्कार जित्नसक्ने व्यवस्था गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4