
३१ जेठ, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले कुनै माग राखेर विश्वविद्यालयमा तालाबन्दी नगर्न आग्रह गरेका छन् ।
मंगलबार प्रतिनिधिसभामा मन्त्रालयगत बजेटमाथि सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा उनले शैक्षिक र विश्वविद्यालय प्रशासनसँगको मागलाई लिएर तालाबन्दी नगर्न आग्रह गरेका हुन् ।
‘विश्वविद्यालयमा तालाबन्दी गरेर माग प्रस्तुत नगर्न अनुरोध गर्न चाहन्छु । शैक्षिक माग, प्राध्यापकका माग, विद्यार्थीका माग, कर्मचारीको मागका विषयमा टेबुलमा बसेर विहंगम छलफल गर्न सक्छौं’ उनले भने ।
मन्त्री पौडलले अघि भने, ‘तर तालाबन्दी गरेर प्रेसर दिएर अगाडि बढ्ने कुरा सही छैन, त्यो संस्कार सही छैन, त्यो प्रवृत्तिलाई अघि बढ्न दिनु हुन्न ।’
त्रिभुवन विश्विद्यालयमा ५ महिनादेखि लागेको ताला आइतबार मात्र खुलेको थियो । तालाबन्दी हटाउन आफूले आधा दर्जन पटक भन्दा बढी वार्ता गरेको मन्त्री पौडेलले अहिले कुनै विश्वविद्यालयमा तालाबन्दी नरहेको उल्लेख गरेको छ ।
प्रतिक्रिया 4