
३१ जेठ, बुटवल । रुपन्देहीको तिलोत्तमामा एक महिलाको शंकास्पद मृत्यु भएको छ ।
तिलोत्तमा नगरपालिका ६ सेमरीचोककी २५ वर्षीया सुविना गिरी आफ्नै होटलमा झुण्डिएको अवस्थामा सोमबार राति करिब १ बजे फेला परेकी छन् ।
उनलाई राति २ बजे क्रिमसन अस्पताल मणग्राममा पुर्याइएको भए पनि चिकित्सकहरुले मृत घोषणा गरेका थिए ।
मृतकका मामा अमृत गिरीले सुविना झुण्डिएको भनिए पनि माइती पक्ष र आफन्त कसैले नदेखेकाले शंकास्पद रहेको बताए । मृतकको शव लुम्बिनी प्रादेशिक अस्पतालमा राखिएको र घटनाबारे अनुसन्धान सुरु भएको प्रहरी निरीक्षक सन्तोष घिमिरेले बताए । मृतकका २ जना नाबालक छोराछोरी छन् ।
माइती पक्षले भने कुटपीट गरेर हत्या गरी झुण्डिएको बहाना बनाएको दावी गरेका छन् । मृतककी फुपू क्षमा गिरीले शरीरभरि नीलडाम भएकाले घटनाको सत्यतथ्य छानबिन र दोषीमाथि कारबाहीको माग गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4