
३१ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा प्रतिवेदनमाथि छलफल भएको छ ।
प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार केन्द्रीय सचिवालयले तयार पारेको निर्वाचनसम्बन्धी समीक्षा प्रतिवेदन मंगलबारको स्थायी कमिटी बैठकमा प्रस्तुत गरिएको थियो ।
सो प्रतिवेदनमा मंगलबार सातै प्रदेशका इन्चार्ज र अध्यक्षहरुले धारणा राखेका छन् । यो विषयमा बुधबार पनि वृहत छलफल हुने र पार्टीको आगामी रणनीति तयार गरिने खतिवडाले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4