
काठमाडौं । प्रदर्शन हुँदाहुँदै निषेधाज्ञा भएपछि रोकिएको फिल्म ‘चपली हाइट ३’ नेपालमा पुनः रिलिज हुने भएको छ । निर्माता अर्जुन कुमारले आगामी असारको मध्यतिर फिल्मको रि-रिलिज गर्ने जानकारी दिए ।
‘लकडाउनले मेरो फिल्म चल्दाचल्दै रोकियो । मैले राम्रोसँग चलाउनै पाइनँ । रि-रिलिज गर्दै दर्शकमाझ फर्कन लागेको हुँ,’ निर्माता कुमारले अनलाइनखबरसँग भने, ‘नहेरेका दर्शकलाई एउटा अवसर हुनेछ ।’
यसैबीच, फिल्मले अमेरिकाको प्रदर्शन मिति पनि तय गरेको छ । न्युयोर्कस्थित बम्बे थिएटरमा आगामी १० जुलाईमा फिल्म प्रदर्शन हुने भएको हो । रेभिल इभेन्ट्स इन्कर्पोरेसनले फिल्मलाई प्रदर्शन गर्न लागेको हो ।
निकेश खड्का निर्देशित फिल्ममा स्वस्तिमा खड्का, महेश त्रिपाठी, आमिर गौतम, सुपुष्पा भट्ट लगायतको अभिनय छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4