+

इन्डोनेसियासँग नेपालको लज्जास्पद हार

२०७९ असार  १ गते १०:४५ २०७९ असार १ गते १०:४५
इन्डोनेसियासँग नेपालको लज्जास्पद हार

१ असार, काठमाडौं । एएफसी एसियन कप फुटबल छनोटमा नेपालले इन्डोनेसियासँग लज्जास्पद हार व्यहोरेको छ ।

कुवेतको कुवेत सिटी रंगशालामा भएको खेलमा नेपाल इन्डोनेसियासँग ७–० को फराकिलो अन्तरले पराजित भयो । हारपछि नेपाल समूह एको पूछारमा रहँदै एसियन फुटबलमा छनोट हुन असफल भयो ।

इन्डोनेसियाका लागि मोहमद दिमास दरजादले छैटौं मिनेटमा पहिलो गोल गरेका थिए । ४३ औं मिनेटमा विटन सुलेमनले गोल गरेपछि पहिलो हाफमा फिलिपिन्स २–० ले अघि रह्यो ।

३३ औं मिनेटमा नेपालका डिफेन्डर सुमन अर्याल दोहोरो पहेंलो कार्ड पाउँदै बाहिरिएपछि नेपाल दबाबमा परेको थियो । सुमनको अनुपस्थितमा नेपालको डिफेन्स लाइन कमजोर बन्यो र त्यसको फाइदा उठाउँदै इन्डोनेसियाले ५ गोल थप्यो ।

फचरुद्दिन आर्यन्टोले ५४औं, साददिल रामदानीले ५५औं तथा एक्लन बागोटले ८० औं मिनेटमा गोल गरे । ८१ औं मिनेटमा सुलेमनले व्यक्तिगत दोश्रो गोल गरे । मार्सेलिना फर्डिनान्डले ९०औं मिनेटमा गोल गरेपछि इन्डोनेसिया ७-० ले विजयी भयो ।

पुजन उपरकोटीले पहिलो पल्ट राष्ट्रिय टिमको कप्तानको जिम्मेवारी पाएपनि उनको पहिलो कप्तानी विर्सनलायक रह्यो । यो खेलमा शिव गुरुङ र नीरकुमार राईले डेब्यु पनि गरेका थिए ।

नेपाली फुटबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय