
१ असार, काठमाडौं । काठमाडौंबाट जनकपुर जान लागेकी एकजना यात्रुको झोलामा एक राउण्ड गोली भेटिएको छ ।
नियमित चेकजाँचका क्रममा गोली भेटिएपछि प्रहरीले सर्लाहीको हरिपुर नगरपालिका–७ की ३६ वर्षीय किरणकुमारी सिंहलाई पक्राउ गरेको छ ।
विमानस्थलको आन्तरिक उडानतर्फ प्रस्थान कक्षको ह्याण्ड ब्यागेज चेकिङ एरियाबाट उनलाई नियन्त्रणमा लिइएको विमानस्थल प्रहरीले जनाएको छ ।
उनी बुद्ध एयरको उडानमार्फत जनकपुर जान लागेकी थिइन् । थप अनुसन्धान तथा कारबाहीका लागि उनलाई प्रहरी वृत्त, गौशाला पठाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4