
१ असार, काठमाडौं । अमेरिकाले प्रस्ताव गरेको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा समर्थन नगर्न दबाव दिदै नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको विद्यार्थी संगठन अखिल क्रान्तिकारी केन्द्रीय समितिले काठमाडौंमा प्रदर्शन गरेको छ ।
माइतीघरमा भेला भएका अखिल क्रान्तिकारीका कार्यकर्ताले एसपीपी समर्थन नगर्न, एमसीसी खारेज गर्न, राष्ट्रिय स्वाधीनताको रक्षा गर्न माग गर्दै प्रदर्शन गरेको हो । हालै अमेरिकाले नेपाललाई स्टेट पार्टनरसिप प्रोग्रामको मस्यौदा समर्थनका लागि पठाएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवा पनि छिट्टै अमेरिका भ्रमणमा जान लागेपछि यही एसपीपीमा समर्थन गर्न जान लागेको भन्दै विरोध भइरहेको छ ।
हेर्नुहोस् तस्वीरहरु
लेखकको बारेमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4