+
+

३ जीपीपीलाई ५जीका लागि अपर ६ गेगाहर्ज लाइसेन्स ब्यान्डको स्पेसिफिकेसन

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १ गते १७:५९

तेस्रो पुस्ता पार्टनरसिप परियोजना (३जीपीपी) ले अपर ६ गेगाहर्ज स्पेक्ट्रम (यू६जी, ६४२५-७१२५ मेगाहर्ज) को रिलीज १७ को पार्ट, एनआर नम्बर एन १०४ का लागि आईएमटी लाइसेन्स ब्यान्डको स्पेसिफिकेसन पूरा गरेको छ ।

३ जीपीपीले यस स्पेक्ट्रमको लागि उत्पादनहरू विकास गर्न उद्योग चेनका लागि स्टान्डर्ड आधार प्रदान गर्न नेटवर्क र प्रयोगकर्ता उपकरण दुवैका लागि यस ब्यान्डको आरएफ स्पेसिफिकेशन पूरा गरेको हो ।

६ जुनदेखि ९ जुनसम्म भएको ३ जीपीपी आरएएन#९६ प्लिनरीको बैठक बसेको थियो । बैठकमा रिलिज १८ को पार्टको रूपमा आईएमटीका लागि सम्पूर्ण ६ गेगाहर्ज ब्यान्ड (५९२५-७१२५ मेगाहर्ज) स्पेसिफाइ गर्न जारी प्रयासलाई निरन्तरता दिने सम्बन्धमा एक प्रस्ताव पनि पेश गरिएको परियोजनाले जारी गरेको प्रेश विज्ञप्तिमा उल्लेख छ । ६ गेगाहर्ज ब्यान्डलाई आईएमटी लाइसेन्स ब्यान्ड बनाउने प्रक्रिया एक प्रमुख माइलस्टोन भएको विज्ञप्तिमा उल्लेख छ । मोबाइल उद्योग डिजिटल रूपान्तरणको इन्जिन हो जसलाई ६गेगाहर्ज जस्ता मिड-ब्यान्ड स्पेक्ट्रमले फिल गर्दछ ।

देशको राष्ट्रिय विकास रणनीतिहरू कार्यान्वयन गर्न मोबाइल सञ्चार महत्त्वपूर्ण स्तम्भ भएको र मोबाइल उद्योगको दीगो विकास राष्ट्रिय डिजिटल रूपान्तरणको लागि महत्वपूर्ण रहेको परियोजनाले भनेको छ ।

ग्लोबल सिस्टम फर मोबाइल कम्युनिकेसन्स एसोसिएसन (जीएसएमए) ले अन्तर्राष्ट्रिय टेलिकम्युनिकेसन युनियन (आईटीयू)ले प्रस्ताव गरेको ५जी डाटा दरहरूको भिजनलाई साकार पार्न २०१५ देखि २०३० सम्ममा कम्तिमा २ गेगाहर्ज मिड-ब्यान्ड स्पेक्ट्रम जारी गर्न सबै देशसँग आग्रह पनि गरेको छ । ५९२५ मेगाहर्ज देखि ७१२५ मेगाहर्जसम्मको ६ गेगाहर्ज ब्यान्ड मिड-ब्यान्ड स्पेक्ट्रमको महत्त्वपूर्ण भाग रहेको परियोजनाले भनेको छ ।

कभरेजमा कम ब्यान्ड र क्षमतामा उच्च ब्यान्डको फाइदाहरू प्रदान गर्दै यसले अपरेटरहरूलाई कम प्रति-बिट लागतमा सर्वव्यापी ५जी उच्च-ब्यान्डविथ सेवाहरू प्रदान गर्न सक्षम बनाउने, इमर्जिङ ५ जी सेवाहरूको निरन्तर इनोभेसनलाई बढावा दिने र समाजमा डिजिटल रूपान्तरणलाई गति दिने परियोजनाको भनाइ छ ।

विश्वव्यापी प्रयासहरू

३जीपीपीद्वारा १७ डिसेम्बर २०२१ मा आरएएन प्लिनरी बैठकमा प्रारम्भ भएको ६ महिना पछि नयाँ आईएमटी लाइसेन्स ब्यान्डको रूपमा यू६जीको मानकीकरण पूरा भएको छ । यसका लागि विश्वव्यापी अपरेटर, उपकरण बिक्रेता, उपकरण र चिपसेट विक्रेता र अन्य उद्योग साझेदारहरूको संयुक्त प्रयासलाई श्रेय दिइएको छ । यसले यू६जीलाई आईएमटी लाइसेन्स ब्यान्डको रूपमा छिटो प्रवर्द्धन गर्ने मोबाइल उद्योगको संकल्प पनि देखाउँदछ ।

यू६जीको लागि मानकीकृत आरएफ स्पेसिफिकेशनहरूले मोबाइल नेटवर्क, उपकरण र इकोसिस्टम विकास गर्न उद्योग चेनलाई बढावा दिनेछ । हाल, ६ गेगाहर्ज आईएमटीमा फिल्ड परीक्षणहरू राम्ररी चलिरहेको र जसले २०२५ सम्म ६ गेगाहर्ज आईएमटीको पूर्व-व्यावसायिक लागू गर्न बाटो बन्दै गएको छ ।

६ गेगाहर्जका लागि डब्ल्यूआरसी-२३ छोड्न नसकिने चरण

अर्को विश्व रेडियोसञ्चार सम्मेलन (डब्ल्यूआरसी) २०२३ मा आयोजना हुने र यसले सरकारलाई ६ गेगाहर्ज रणनीतिहरू समन्वय गर्ने र विश्वव्यापी रूपमा दूरसञ्चार इकोसिस्टम कसरी विकास गर्ने भनेर छलफल गर्ने सुनौलो अवसर प्रदान गर्दछ ।

मोबाइल उद्योगले यू६जीलाई कसरी आईएमटी सेवा दिने भन्नेमा प्राथमिक सहमतिमा पुगेको छ । डब्ल्यूआरसी-२३ मा एआई १.२ लाई यू६जी आईएमटीमा नामित गर्न डब्ल्यूआरसी-१९ मा संकल्प लिइएको छ । धेरै देशहरू र क्षेत्रहरूले मोबाइल उद्योगको विकासलाई कायम राख्न ६ गेगाहर्ज महत्त्वपूर्ण रहेको छ ।

डिजिटल रूपान्तरणलाई गति दिन यू६जीलाई विश्वव्यापी आईएमटी लाइसेन्स प्राप्त ब्यान्डको रूपमा प्रवर्द्धन गर्न धेरै देशहरूले मिलेर काम गर्ने विश्वास परियोजनाको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?