
काठमाडौं । कुमारी बैंक लिमिटेडका ग्राहकलाई बुटवलस्थित ड्रिम इन्टरनेसनल होटलमा आकर्षक छुट पाउने भएका छन् ।
दुवै पक्षबीच समझदारी पत्रमा सम्झौता भएसँगै कुमारी बैंकका ग्राहकले सो होटलमा आकर्षक छुट पाउने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
सम्झौता पत्रमा कुमारी बैंकका मार्केटिङ प्रमुख नवीनमुनि बज्राचार्य र ड्रिमल्याण्ड इन्टरनेसनल होटलका महाप्रबन्धक राजेन्द्र पौडेलले हस्ताक्षर गरे ।
डिजिटल कारोबारमा ग्राहकलाई प्रोत्साहन गर्नका लागि बैंकले यस सहकार्य मार्फत ड्रिमल्याण्ड गोल्ड रिसोर्ट एण्ड होटेलका विभिन्न सेवाहरुमा आकर्षक छुटको प्रावधान गरेको हो ।
उक्त होटलले दिने सेवा लिएबापत बैंकका डेबिट/क्रेडिट कार्डवाहक ग्राहकले रकम भुक्तानी गर्दा रुम शुल्कमा १५ प्रतिशत, खानपानमा १० प्रतिशत र बेभरेजमा १० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4