
१ असार,बुटवल । लुम्बिनी प्रदेश सरकारले लुम्बिनी प्रादेशिक अस्पताल र राप्ती प्रादेशिक अस्पतालमा ओपीडी टिकटमा लाग्ने शुल्क नलिने भएको छ ।
आर्थिक वर्ष २०७९/८० को बजेट वक्तव्य प्रस्तुत गर्दै आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खडकाले लुम्बिनी र राप्ती प्रादेशिक अस्पतालमा उपचारका लागि आउने बिरामीलाई ओपीडी टिकटमा शुल्क नलिने घोषणा गरेका हुन् ।
ओपीडी टिकटमा शुल्क नलिने निर्णय कार्यान्वयनका लागि वजेटमा एक करोड ५० लाख रुपैयाँ विनियोजन गरेको मन्त्री खड्काले जानकारी दिए । बजेट वक्तव्यमा लुम्बिनी प्रादेशिक अस्पताललाई प्रदेश गौरवको आयोजनाका रुपमा स्तारेन्नति गरिने उल्लेख छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4