
२ असार, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह चुनावमा एमालेले चुनाव मात्र नलडेर एउटा महासंग्राम नै लड्नु परेको बताएका छन् ।
एमालेबाट निर्वाचित जनप्रतिनिधिका लागि काठमाडौंमा भएको प्रशिक्षण कार्यक्रममा ओलीले महासंग्राम जितेर आएको भन्दै जनप्रतिनिधिलाई बधाई दिए । उनले चुनावका नाममा गरिएका अस्वस्थ र अलोकतान्त्रिक गतिविधिसँग पनि लडेर आएका कारण एमालेका जनप्रतिनिधिले महासंग्राम लडेको बताए । ओलीले एमाले बाहेक अरुसँग विकासको कुनै योजना नरहेको आरोप लगाएका छन् ।
देशको विकास गर्ने र समृद्धि बनाउन पार्टी एमाले रहेको भन्दै उनले त्यो जिम्मेवारी पूरा गर्न जनप्रतिनिधिहरुलाई निर्देशन दिए ।
विकासका कामहरुलाई अघि बढाउन भिजन र योजनासहित अघि बढ्न निर्देशन दिँदै उनले भने, ‘विकासका लागि साझा प्रयास गर्नुहोस र विकासको अभियान्ता बन्नुहोस् ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4