+

छाला चिलाउने, पोल्ने र सुन्निने समस्यामा के गर्ने ?

२०७९ असार  २ गते १४:११ २०७९ असार २ गते १४:११
छाला चिलाउने, पोल्ने र सुन्निने समस्यामा के गर्ने ?

छालामा देखिने विभिन्न समस्याले शरीरको अवस्थालाई समेत इंगित गर्छ । खासमा छाला भनेको शरीरको ऐना हो । शरीर कति स्वस्थ र तन्दुरुस्त छ भन्ने कुरा उसको छालाको अवस्थाले देखाउँछ ।

हाम्रो खानपान, जीवनशैली आदिको प्रत्यक्ष प्रभाव छालामा देखिन्छ । छाला स्वस्थ हुनु वा नहुनुमा यी कुरा जिम्मेवार छन् । त्यति मात्र होइन, हाम्रो मानसिक स्थितिले पनि छालालाई प्रभाव पार्छ । चिन्तामुक्त वा सकारात्मक सोच–चिन्तनले छालालाई स्वस्थ बनाउन भूमिका खेल्छ ।

हावापानी वा भनौं मौसमको असर पनि छालामा देखिन्छ । जस्तो, सुख्खायाममा एक किसिमको छालाको समस्या देखिन्छ भने वर्षायाममा अर्कै किसिमको । अहिले वर्षायाम छ । यसबेला पनि छाला सम्बन्धी विभिन्न समस्या देखिन्छ ।

वर्षायाममा छालाको रोग

यो मौसम छालामा विभिन्न किसिमका समस्या देखिन्छ । हातगोडामा रिङवम आउने, एलर्जी (एक्जिमा) अर्थात् छाला रातो हुने, सुन्निने र फुल्ने हुन्छ । आँखाले देख्न नसक्ने किटाणुको संक्रमणले छाला बेस्सरी चिलाउने, पोल्ने, फोका निस्किने, दाद लगायतका विविध समावेशले सताउने गर्छ ।

वर्षायामको मौसम मिश्रित खालको हुन्छ । कहिले चिसो त कहिले पोल्ने गर्मी । पानी परेको समयमा तैलिय छाला भएका मानिसको छाला धेरै नै तैलिय हुने त्यस्तै सुख्खा छाला पनि बढी सुख्खा हुन्छ । प्र्रतिकूल मौसम भइदिंदा छालालाई छिटो प्रभावित पार्छ । फङ्गस, ब्याक्टेरियाले छालामा विभिन्न समस्या उत्पन्न गराइदिन्छ ।

अब के गर्ने ?

हरेक मानिसलाई छाला एउटै समस्या हुँदैन । कोही व्यक्तिलाई वर्षामा भिज्ने बित्तिकै एलर्जी हुने हुन्छ । कोहीलाई घाममा निस्कँदा ।

छालामा आउने समस्याबाट बच्न पानीदेखि टाढा रहने र घाममा निस्कँदा अनिवार्य सनब्लक क्रिमको प्रयोग गर्नुपर्छ । एकदमै सुख्खा छाला हुनेले त अनिवार्य मोइस्चरराइजर लगाउन छुटाउनु हुँदैन ।

नेपालीमा छाला रोगको समस्या

छालाको समस्या उमेर समूह अनुसार फरक हुने गर्छ । किशोरकिशोरीमा डण्डीफोर देखिनु, वयस्क व्यक्तिमा चायापोतो, दुबी जस्ता समस्या देखिन्छन् । पछिल्ला वर्षमा कोरोना संक्रमणबाट जोगिन हामीले स्यानिटाइजर दल्ने, मास्क लगाउने कार्य अनिवार्य गर्छौं । यसले पनि छालामा एलर्जी र डण्डीफोरको समस्या बढाएको छ ।

तनावले छालामा समस्या ल्याउँछ

छाला रोगको प्रमुख कारण तनाव नै हो । व्यस्त जीवनशैली, भागदौड र तीव्र प्रतिस्पर्धाको अहिलेको समयले तनाव सिर्जना गर्छ । मानिस तनाव हुँदा मानसिक तथा शारीरिक स्वास्थ्य राम्रो हुन सक्दैन । यी नै मुख्य कारण हुन् ।

रोग लाग्ने एउटा कारण हामीले खाने खाना पनि हो । हामीले कस्तो खाना खाएका छौं । हाम्रो शरीर र खाना एकअर्कासँग नमिल्न पनि सक्छ ।

खानपान पनि कारक

कतिपय खानेकुराले पनि छालाको एलर्जी हुन्छ भन्ने सुनिन्छ ? खास कस्तो खानपान छालामैत्री हुँदैन ?

सबैको छालाको भित्री बनोट फरक हुन्छ । त्यसैगरी शरीरको रोगप्रतिरोधात्मक क्षमता पनि फरक हुन्छ । हामीले खाएको खाना र शरीरको प्रतिरक्षा प्रणालीसँग जुध्न जान्छ अनि छालाको एलर्जी हुन्छ । एलर्जी हुने यही खानपान भनेर भन्न गाह्रो हुन्छ ।

यस्तो समस्या व्यक्तिअनुसार भिन्न हुन्छ  । कसैलाई बदामले पनि एलर्जी गराउँछ भने कसैलाई समुद्री खाना, चामल, राँगाको मासु लगायतले हुन्छ ।

छालाको समस्यामा वनस्पति पनि कारक

हावाहुरी चल्ने समस्यमा छालामा धेरै समस्या आउने गर्छ । हावाहुरी चल्दा वनस्पतिबाट काउसो उड्छ । यसको सम्पर्कमा आउने व्यक्तिलाई छाला सुन्निने, रातो दाग बस्ने, एलर्जी हुने जस्ता समस्या देखा पर्छन् ।

छालाको समस्याबाट बच्न के गर्ने ?

तैलिय, मिश्रित र सुख्खा गरी छालाका तीन प्रकार हुन्छन् । जसमा सबैभन्न्दा बढी छालाको समस्या सुख्खा छाला हुनेहरुलाई देखिन्छ ।

छालाको समस्याबाट बच्न तनाव व्यवस्थापन पहिलो सर्त हो । यसका लागि ताजगी रहन कोशिश गर्ने, प्रशस्त पानी पिउने, सन्तुलित भोजन खाने, फलफूलमा जोड दिनुपर्छ । यस्तै विज्ञापनमा देखेको भरमा कुनै पनि क्रिम लगाउनुहुँदैन ।

क्रिम छनोट गर्दा आफ्नो छालाको प्रकृतिअनुसार गर्नपर्छ । अनिवार्य सनब्लक क्रिम लगाएर मात्रै घाममा निस्कनुपर्छ । छालामा केही समस्या देखिने बित्तिकै छालारोग विशेषज्ञको परामर्श लिनुपर्छ ।

(वरिष्ठ चर्म तथा यौनरोग विशेषज्ञ डा. कार्कीसँग अनलाइनखबरकर्मी सम्झना विकले गरेको कुराकानीमा आधारित)  

स्वास्थ्य
लेखक
डा. अनुपमा कार्की
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

हड्डी खिइने समस्या ‘ओस्टियोआर्थराइटिस’बारे भ्रम र सत्य  

हड्डी खिइने समस्या ‘ओस्टियोआर्थराइटिस’बारे भ्रम र सत्य  

बाल क्यान्सरको लक्षणलाई बेवास्ता नगरौं (भिडियो)

बाल क्यान्सरको लक्षणलाई बेवास्ता नगरौं (भिडियो)

गुणस्तरीय खाद्यवस्तु उत्पादन गर्न उद्योगले ध्यान दिनुपर्ने १४ कुरा  

गुणस्तरीय खाद्यवस्तु उत्पादन गर्न उद्योगले ध्यान दिनुपर्ने १४ कुरा  

आत्महत्याको सोच आउनै नदिन के गर्ने ?

आत्महत्याको सोच आउनै नदिन के गर्ने ?

क्यान्सरका बिरामीलाई होम केयर सेवा कसरी दिने ?

क्यान्सरका बिरामीलाई होम केयर सेवा कसरी दिने ?

अचानक चक्कर आउनु कस्तो स्वास्थ्य समस्याको संकेत हो ?

अचानक चक्कर आउनु कस्तो स्वास्थ्य समस्याको संकेत हो ?