
काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)को छैटौं संस्करणको लागि बिहीबारदेखि फिल्म आवेदन खुला भएको छ ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फिचर, छोटा, डकुमेन्ट्री तथा सर्ट एनिमेटेड फिल्मको सात विधामा आवेदन दिन सकिने भएको छ । राष्ट्रिय प्रतिस्पर्धाअन्तर्गत छोटा, डकुमेन्ट्री र फिचर फिल्मको आवेदन दिन सकिनेछ ।
अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको लागि शुल्क र राष्ट्रिय प्रतिस्पर्धाको लागि निःशुल्क आवेदन दिन सकिने भएको छ । आगामी पुस १० गतेभित्र आवेदन दिन सकिने जनाइएको छ ।
निफको छैटौं संस्करण चैत २ गतेदेखि ६ गतेसम्म आयोजना हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4