
३ असार, काठमाडौं । शुक्रबार सुन र चाँदीको मूल्यमा वृद्धि भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेको छ भने चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेको छ ।
शुक्रबारका लागि छापावल सुनको मूल्य ९७ हजार ८ सय रुपैयाँ तोकिएको छ भने तेजावी सुनको मूल्य ९७ हजार ३ सय रुपैयाँ तोकिएको छ ।
बिहीबार ९७ हजार ३ सय रुपैयाँमा तेजावी र ९६ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै आज चाँदीको मूल्य तोलामा १२ सय ७५ रुपैयाँ तोकिएको छ । बिहीबार १२ सय ६५ रुपैयाँ तोलामा चाँदी खरिद बिक्री भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4