
काठमाडौं । विश्व प्रसिद्ध दाहुवा ब्रान्डको सीसी क्यामेरा खरिद गर्दा अधिकतम २ लाखदेखि ५ सय रुपैयाँसम्मकाे उपहार पाइने भएको छ ।
नेपालका लागि दाहुवा ब्रान्डको आधिकारिक वितरक विध म्यानेजमेन्ट प्रालिले उपभोक्ताहरुको लागि स्क्र्याच कार्ड मार्फत हात खाली नजाने उपहार योजना सार्वजनिक गरेको छ ।
नेपाली बजारमा अधिक रुचाइएको उक्त सीसी क्यामेरा कम्पनीले आफ्नो उपभोत्ताको हितमा बजारमा नयाँ अफर घोषणा गरेको हो ।
विध म्यानेजमेन्ट प्रालि र दाहुवा ब्रान्डको आधिकारीक बिक्रेताले कम्तिमा ३० हजार रुपैयाँ बराबरको सीसी क्यामेरा लगायतका सुरक्षा उपकरण खरिद गर्ने ग्राहकका लागि स्क्र्याच कार्ड मार्फत उपहार प्रदान गर्ने योजना ल्याएको हो ।
यस योजनामा ग्राहकले उपहारमा ई–स्कुटर, टेलिभिजन, वासिङ मेशिन, फ्रिज, इन्डक्सन चुल्हो, मिक्सर/ग्राइन्डर, स्मार्ट मोबाइलदेखि हात खाली नजाने रु. १०००, रु. ७५०, र रु.५०० का नगद उपहार समेत प्राप्त गर्न सक्नेछन् ।
प्रतिक्रिया 4