
परापूर्वकालमा एउटा सुन्दर देश थियो । सबैथोक राम्रै चलिरहेको थियो । कलकाखाना थिए । कामको खोजीमा मानिस विदेशिनु पर्दैन थियो । सरकारी स्कूल र सरकारी अस्पतालहरू गुणस्तरीय थिए। यो सबै देखेर नेताहरु पनि राजा बन्ने सपना देख्न थाले। यसोउसो यताउता गरेर सत्तामा पुगे। अरूहरू के-के कसोकसो बने तर आन्नदपुर भन्ने प्रदेशमा चाहिं एकजना यस्ता मान्छे मुख्यमन्त्री भएकि उनी अरूले गरेको राम्रो कामजति आफैले गरेको भनेर क्रेडिट लिन खोज्थे। नराम्रो काम जति चाहिँ जुन विभागको हो त्यही विभागलाई दोष दिन्थे। एकचोटि एउटा स्कूलको पढाइ राम्रो भएन भनेर त्यो स्कूलको प्रिन्सिपललाई मुख्यमन्त्रीले बोलाए अनि आफ्नो रवाफ देखाउदै रिसले सोधे, ‘अंग्रेजीमा स्कूले किन राम्रो गरेन ?’
प्रिन्सिपलले उत्तर दिए,’अंग्रेजीको टिचरलाई सोध्नुस्।’
‘हिसाबमा पनि राम्रो रिजल्ट छैन।’
‘हिसाब पढाउने टिचरलाई सोध्नुस् ।’
‘तपाईं प्रिन्सिपल भएपछि पूरै स्कूलको जिम्मा लिन पर्दैन ?’
अनि प्रिन्सिपलले नम्र भएर भने,’मुख्यमन्त्रीज्यू तपाईंले पनि पूरै प्रदेशको जिम्मा लिन पर्दैन ? तपाईं पनि त बनको समस्यामा बनलाई सोध भन्नुहुन्छ। फोहोरको समस्या हुँदा नगरपालिकालाई सोध भन्नुहुन्छ। हैन र ?’
त्यसपछि मुख्यमन्त्रीको आँखा खुल्यो। अनि उहाँ असल मुख्यमन्त्री बन्नुभयो ।
लस एन्जेलस
प्रतिक्रिया 4