
५ असार, काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) गर्ने दुस्साहस कहाँबाट आयो भनेर खोजी गर्नुपर्ने बताएका छन् ।
प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आइतबार बसेको बैठकमा एमाले सांसद ज्ञवालीले संयुक्त राष्ट्रसंघको निलो हेल्मेट लगाएर बाहेक संयुक्त अभ्यास गर्ने नगरिएको बताए । उनले अघि भने, ‘सैनिक साझेदारी, त्यसमा पनि यहाँ बेस राख्न मिल्ने गरी । यत्रो दुस्साहस कहाँबाट पलायो होला ?’
सिंगो देश एक ठाउँमा उभिएकाले एसपीपी अस्वीकार गर्नेतिर गएपनि १०बुँदे मस्यौदालाई यत्तिकै बेवारिसे छोड्न नमिल्ने उनले बताए । कतै नेपाली सेनालाई कमजोर बनाउने षडयन्त्र त होइन भन्ने आशंका गर्दै पूर्व परराष्ट्रमन्त्री ज्ञवाली भन्छन्, ‘यो कहाँबाट आयो ? गम्भीरतापूर्वक खोजी गरिदिनुपर्छ ।’
साथै उनले आगामी दिनमा नेपाली सेनाले गर्ने यस्तो पत्रचारहरुमा परराष्ट्र लगायतका सरोकारवाला मन्त्रालयको राय अनिवार्य लिन निर्देशन दिनुपर्ने समेत बताएका छन् ।
प्रतिक्रिया 4