
काठमाडौं । बलिउड फिल्म निर्माता करण जोहर हिजोआज केही अनपेक्षित कुराले समस्यामा छन् । आफ्नो जन्मदिनमा हालै आयोजित भव्य जमघटबाट कोरोना फैलाएको भनेर उनी आलोचित छन् ।
यसैबीच, करणलाई ग्याङस्टर लरेन्स बिस्नोइ ग्रुपले धम्की दिने योजना बनाएको खुलासा भएको छ । बलिउड हंगामाका अनुसार उक्त ग्याङले करणलाई धम्कीको सूचीमा राखेको हो ।
पञ्जाबी गायक सिद्धू मुसेवालाको हत्या आरोपी सन्तोष जाधव निकट मानिने महाकाल भनिने सिद्देश काम्बलले करणबाट ५ करोड भारु फिरौती माग्दै धम्की दिने योजना बनाएको खुलासा गरेका हुन् ।
तर प्रहरीले काम्बलको उक्त योजनाबारे पुष्टि भइनसकेको जनाएको छ । दिल्ली प्रहरीको विशेष सेल, पञ्जाब प्रहरी र मुम्बई क्राइम ब्रान्चले लिएको बयानमा यो कुरा खुलेको बलिउड हंगामाले उल्लेख गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4