
५ असार, सप्तरी । मतदाता नामावलीमा महिला, दलित लगायत सीमान्तकृत समुदायको पहुँच सुनिश्चिताका लागि मतदाता संकलन प्रक्रियालाई सहज बनाउनुपर्नेमा एक कार्यक्रममा जोड् दिइएको छ ।
दलित सरोकार मञ्च कञ्चनरूपले आईतबार राजविराजमा आयोजना गरेको जिल्लास्थित सरोकारबालासँगको अन्तरक्रियामा उक्त जोड् दिइएको छ ।
दलित अगुवा तथा अभियन्ता भोला पासवानले मतदाता नामावलीमा महिला, दलितसहित सिमान्तकृत समुदायको पहुँच सुनिश्चित गर्नुपर्नेमा जोड दिए ।
उनले मतदाता नामावलीमा दलित, महिलाहरू छुटेकोले त्यस्ता मतदाताहरूलाई समाबेश गर्न निर्वाचन कार्यालय कार्यालयले वडास्तरमा टोली खटाएर टोकन प्रक्रिया अपनाई मतदाता नामावलीमा समाबेश गर्नुपर्ने सुझाव दिए ।
राजविराज नगरपालिका वडा नम्बर १० का वडाअध्यक्ष गंगाराम खंगले दलित, महिला वर्ग मा जनचेतना जगाई छुटेका मतदाता नामवली संकलन गर्न सुझाव दिए ।
कार्यक्रममा जिल्ला निर्वाचन कार्यालयका प्रमुख रमेश कुमार जोशीले जनशक्तिको अभावका कारण मतदाता नामावली संकलन गर्न कठिनाई भइरहेको बताए ।
उनले मतदाता नामावली संकलन गर्न नियमित प्रक्रिया भएकोले समयमा मतदाता नामावलीमा नाम दर्ता गर्न आग्रह गरे ।
प्रतिक्रिया 4