५ असार, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्, तालिम तथा प्रशिक्षण विभागले आफू मातहत रहेका अवकास प्राप्त उपनिर्देशक, वरिष्ठ प्रशिक्षक तथा सहायक प्रशिक्षकलाई बिदाइ गरेको छ ।
अवकास प्राप्त गर्नेमा उपनिर्देशक रजनी मैया जोशी (ब्याडमिन्टन), बरिष्ठ प्रशिक्षक टिका सेंढाई (एथलेटिक्स), बरिष्ठ प्रशिक्षक बिष्णु कान्त अर्याल (फुल कन्ट्याक्ट कराते), प्रशिक्षक उपेन्द्र थापा (एथलेटिक्स) र सहायक प्रशिक्षक राजेन्द्र कपाली (कराते) छन् ।
उनीहरुलाई विभागका निर्देशक अर्जुन बि.क., उपनिर्देशक हिमाल दाहाल, कार्यक्रम संयोजक राजेश्वरमान स्थापित र प्रशासकीय प्रमुख नवराज खड्का लगायतले बिदाई गरेका हुन् ।
प्रतिक्रिया 4