
५ असार, काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरभित्र होमस्टे सञ्चालन गर्ने भएको छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन (बालेन्द्र) साहले आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै निजी क्षेत्र, व्यवसायी र स्थानीय समुदायसँग सहकार्य गरी होमस्टे सञ्चालन गर्ने बताए ।
‘प्राचीन सभ्यताको धरोहरको रुपमा रहेको हाँडीगाउँ क्षेत्रमा आगामी आर्थिक वर्षमा सम्पदा पुनर्उद्धार गर्दै होमस्टे सञ्चालनको व्यवस्था मिलाइने छ,’ नीति तथा कार्यक्रममा भनिएको छ, ‘ होमस्टेमा संलग्न हुने जनशक्तिलाई आवश्यक तालिमको व्यवस्था गरिनेछ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4