
५ असार, काठमाडौं । नेपाल स्काउटले ७१ औं स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाएको छ । नेपाल स्काउटको केन्द्रीय कार्यालयमा आइतबार विशेष कार्यक्रम आयोजना गरेको हो ।
२००९ सालमा स्थापना भएको नेपाल स्काउटले विभिन्न सामाजिक कार्य गर्दै आएको छ । स्थापना दिवसको अवसरमा स्काउटका विद्यार्थीहरुले मार्चपास र नृत्य प्रस्तुत गर्नुका साथै स्काउट अभियानमा सक्रिय स्काउटर एवं लिडरहरुलाई सम्मान र पद्वी वितरण गरिएको छ ।
चन्दलाई ‘सुनौलो गैंडा’ पदक
संक्रमणकालीन समयमा स्काउट र युवाका क्षेत्रमा पुर्याएको योगदानको मूल्यांकन गर्दै नेपाल स्काउटका पूर्वप्रमुख आयुक्त चन्दन कौशिकलाई ‘सुनौलो गैंडा’ पदक सम्मान गरिएको छ ।
आइतबार काठमाडौंमा आयोजित ७१ औं स्काउट दिवसका अवसरमा उनलाई यो पदक प्रदान गरिएको हो । प्रायः ‘सुनौलो गैंडा’ पदक मरणोपरान्त दिने गरिन्छ । यस पदकबाट सम्मानित हुने उनी सबैभन्दा कम उमेरका व्यक्ति हुन् । स्काउटका राष्ट्रिय सल्लाहकार समेत रहेका चन्द किशोरकालदेखि नै स्काउट अभियानमा सक्रिय थिए ।
प्रतिक्रिया 4