+

आइडियल र रिलायन्सलाई हृयान्डबल उपाधि

२०७० भदौ  २६ गते १९:२७ २०७० भदौ २६ गते १९:२७
आइडियल र रिलायन्सलाई हृयान्डबल उपाधि

२६ भदौ, काठमाडौं । मध्यमाञ्चल क्षेत्रीय विद्यालय हृयान्डबल प्रतियोगिताको ब्वाइजमा आइडियल मोडेल स्कुल र गल्र्समा रिलायन्स इन्टरनेसनल एकेडेमीले बुधबार उपाधि हात पारेका छन् ।

नक्सालस्थित बृहस्पति विद्यासदनमा भएको ब्वाइजको फाइनलमा आइडियलले जुगललाई १६-१२ ले पराजित गर्‍यो । आइडियलका नरेन्द्रबहादुर शाहीले ५ र जुगलका सुशन श्रेष्ठले ६ गोल गरे । यसअघि बुधबारै भएको सेमिफाइनलमा आइडियलले बृहस्पतिलाई २८-१४ तथा जुगलले जोसेफलाई २४-१९ ले हराउदै फाइनलमा स्थान बनाएका थिए ।

नेपाल विद्यालय हृयान्डबल संघद्वारा आयोजित प्रतियोगिताअन्तर्गत गल्र्सको उपाधि भिडन्तमा रिलायन्सले मेरिगोल्डलाई ७-३ गोलअन्तरले पाखा लगायो । रिलायन्सकी सुजाता अधिकारी र मेरिगोल्डकी संगीता श्रेष्ठले समान ३ गोल गरे । प्रतियोगिताको ब्वाइजमा जुगलका आशिष अधिकारी र गल्र्समा मेरिगोल्डकी संगीता श्रेष्ठ उत्कृष्ट खेलाडी घोषित भए । ब्वाइजमा अक्सफोर्डका सुशान्त माहाता र गल्र्समा क्यारिना इन्टरनेसनल एकेडेमीकी अनिता धिमाल उत्कृष्ट गोलरक्षक चुनिए । ब्वाइजमा सेन्ट जेभियर्स, गोदावरी र गल्र्समा बृहस्पतिले अनुशासित टिमको उपाधि हात पारे ।

भदौ २२ गतेदेखि सुरु भएको प्रतियोगिताको ब्वाइजमा २४ तथा गल्र्समा १० टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय