५ असार, काठमाडौं । उच्च अदालत पाटनले अखिल नेपाल फुटबल संघ (एन्फा)को निर्वाचन रोक्ने आदेश गर्न अस्वीकार गरेको छ ।
नयाँ नेतृत्व चयनका लागि एन्फाको निर्वाचन सोमबार हुँदैछ । तर निर्वाचन रोक्न माग गर्दै अधिवक्ता विष्णुप्रसाद तिवारीले उच्च अदालतमा रिट दिएका थिए । रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश सुदर्शनराज पाण्डेको एकल इजलासले निर्वाचन रोक्न अन्तरिम आदेश दिनअस्वीकार गरेको हो ।
तर यस विषयमा एन्फासँग १५ दिनभित्र लिखित जवफ माग गरेको छ ।
हेर्नुहोस् आदेश
प्रतिक्रिया 4