
६ असार, काठमाडौं । सोमबार सुनको मूल्यमा सामान्य वृद्धि हुँदा चाँदीको मूल्य भने स्थिर रहेको छ ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य तोलामा २ सय रुपैयाँले वृद्धि भएको छ । छापावाल सुनको मूल्य तोलामा ९७ हजार ७ सय रुपैयाँ र तेजावी सुन तोलामा ९७ हजार २ सय रुपैयाँमा कारोबार भएको छ ।
आइतबार छापावाल सुनको प्रतितोला मूल्य ९७ हजार ५ सय र तेजावी सुनको मूल्य ९७ हजार रुपैयाँ थियो ।
सोमबार चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदीको प्रति तोला मूल्य १ हजार २६५ रुपैयाँ कायम छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4