
६ असार, काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्सको विशेष साधारणसभाले हिमालयन जनरल इन्स्योरेन्स कम्पनी र एभरेष्ट इन्स्योरेन्स कम्पनी एक आपसमा गाभ्ने/गाभिने प्रस्ताव पारित गरेको छ ।
२ असारमा भएको साधारण सभाले उक्त प्रस्ताव पारित गरेको हो । यी दुई कम्पनी गाभिएपछि बन्ने कम्पनीको नाम हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेड राख्ने र सो कम्पनीबाट निर्जीवन बीमा व्यवसाय गर्नेसम्बन्धी प्रस्ताव समेत पारित भएको छ । साधारण सभाले एभरेष्ट इन्स्योरेन्स कम्पनीको १०० कित्ता सेयर बराबर हिमालयन जनरल इन्स्योरेन्सको ८५ कित्ता सेयर प्रदान गर्ने गरी मर्ज गर्ने कार्यलाई अन्तिम स्वीकृति प्रदान गर्ने प्रस्ताव समेत पास गरेको कम्पनीले जनाएको छ ।
यसअघि दुई कम्पनीबीच भएका समझदारी पत्रलाई समेत साधारणसभाले अनुमोदन गरेको छ । नयाँ कम्पनीको केन्द्रित कार्यालय बबरमहल काठमाडौंमा रहने भएको छ ।
प्रतिक्रिया 4