
६ असार, काठमाडौं । नेपाल आयल निगमले जेठ महिनामा आइतबार विदा गर्दा पेट्रोलको खपत ११ प्रतिशतले घटेको दावी गरेको छ ।
सोमबार इन्धनको मूल्यवृद्धिबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले वैशाख महिनामा भन्दा जेठ महिनामा पेट्रोलको खपत ११ प्रतिशतले घटेको बताएका हुन् ।
उनका अनुसार चैतमा पेट्रोल खपत ६३ हजार किलोलिटर थियो, वैशाखमा बढेर ६७ हजार किलोलिटर पुगेको थियो । तर जेठमा भने घटेर ५९ हजार किलोलिटरमा झरेको थानीले बताए ।
सरकारले इन्धन खपत कम गर्न भन्दै जेठ महिनामा आइतबार पनि सार्वजनिक विदा दिने निर्णय गरेको थियो । यद्यपि सरकारले असार १ देखि आइतबारको विदा कटौती गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4