
६ असार, काठमाडौं । चन्द्रागिरि नगरपालिका–९, मत्च्छेगाउँमा एकजनाको शव भेटिएको छ ।
जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी दिनेशराज मैनालीका अनुसार सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-२ स्थायी घर भएका रामकाजी थापा मृत अवस्थामा भेटिएका हुन् ।
प्रारम्भिक जाँचबुझमा उनी घरको चार तला माथिबाट खसेको हुनसक्ने देखिएको मैनालीले बताए ।
‘यद्यपि, विस्तृत अनुसन्धान भइरहेको छ’ उनले भने । मैनालीका अनुसार उक्त घरमा डेरामा बस्दै आएका थिए ।
थामीको शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाइएको मैनालीले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4