
६ असार। काठमाडौं । उद्योग, वाणिज्य तथा अपूर्ति सचिव डा. गणेशप्रसाद पाण्डेले आइतबार गरिएको इन्धनको मूल्यवृद्धि आफैंलाई असहज लागेको बताएका छन् ।
इन्धनमा गरिएको मूल्यवृद्धिबारे जानकारी दिन सोमबार आयाेजित पत्रकार सम्मेलनमा बाेल्दै एवं नेपाल आयल निगमका अध्यक्ष समेत रहेका उनले यस्तो बताएका हुन् ।
‘हिजो गरिएको इन्धनको मूल्य वृद्धि मलाई पनि असहज लागेको छ,’ उनले भने, ‘तर जनताले धैर्यता र साहस देखाइदिनु भयाे।’
निगमले पेट्रोलियम पदार्थमा गरेको मूल्य वृद्धिले कसैलाई पनि अतिरिक्त लाभ नमिलेकाे उनको दावी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4