
६ असार, काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका नेता भीम रावलले सरकारले अमेरिकालाई स्टेट पार्टनरसीप प्रोगाम (एमपीपी) मा सहभागी नहुने भनेर पत्राचार नगरेकामा आपत्ति जनाएका छन् ।
सोमबार नयाँ बानेश्वरस्थित संसद भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै नेता रावलले एसपीपीमा सहभागी नहुने भनेर पत्राचार गर्न सरकारलाई कसले रोक्यो भनी प्रश्न गरे ।
‘सरकारका मन्त्रीहरु हामी सैनिक गठबन्धनमा नजान प्रतिवद्ध छौं । हामी संलग्न हुँदैनौ भन्ने । त्यो पत्र पठाउन के ले रोक्यो ?’ नेता रावलले सोधे, ‘यदि उहाँहरु आफ्नो भनाइप्रति इमान्दार हुनुहुन्छ भने अमेरिका स्वयंले यदि नेपाल यसको सदस्य हुन चाहादैन भने रद्ध गर्न सक्छ भनिसकेपछि हामी हुन चाहदैनौ भनेर पत्र किन नपठाएको त ? कसले रोक्यो त ?’
प्रधानसेनापति, परराष्ट्रमन्त्री, गृहमन्त्री र गठबन्धन दलका नेताहरुले समेत एसपीपीमा नेपाल सहभागी नहुने बताएको तर पत्र पठाउन आनाकानी गरेको भन्दै रावलले आशंका गरे ।
‘प्रधानसेनापति हुनु हुदैन भन्ने । परराष्ट्र मन्त्री हामी हुँदैनौ भन्ने । गृहमन्त्री संसदमा हुँदैनौ भन्ने । गठबन्धनका नेताहरु यो त हुनु हुँदैन भन्ने । अनि पत्र रोक्ने हात समात्न आएको को रहेछ त ?’’ रावलले प्रश्न गरे ।
प्रतिक्रिया 4