
७ असार, काठमाडौं । सञ्चारकर्म छाडेर राजनीतिमा लागेका रवि लामिछाने आफू व्यवस्था बदल्न नभइ, नागरिकको अवस्था बदल्न राजनीतिमा आएको घोषणा गरेका छन् ।
काठमाडौंको राष्ट्रिय सभा गृहमा एक कार्यक्रम गरेर उनले आफू ठूलो काम गर्न नभई आम मान्छेका ससाना समस्या समाधानका लागि राजनीतिमा लागेको स्पष्ट पारे ।
उनले अहिले भएका कुनै पनि दलमा आफू प्रवेश नगर्ने घोषणा पनि गरे । लामिछानेले आम नागिरकलाई चाहिएको जस्तो दल बनाएर अघि बढ्ने बताए ।
आफू भएका दलहरुवले नागरिकको आशा विपरीत काम गरेको, जनमत गुमाउँदा पनि एउटाले अर्कोसँग, अर्कोले अर्कोसँग गठबन्धन गरेर सत्तामा रहने प्रपञ्च गरिरहेको आरोप उनले लगाए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4